नेपाल उद्योग महासंघको जिल्लानगर तर्फको उपाध्यक्षमा सुर कृष्ण वैध विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 01:58:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर तर्फको उपाध्यक्षमा सुर कृष्ण वैध विजयी भएका छन्। आज सम्पन्न निर्वाचनमा महासंघको जिल्लानगर तर्फको उपाध्यक्षमा सुर कृष्ण वैध विजयी भएको महासंघको निर्वाचन समितिले जनाएको छ। 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईको टिमबाट महासंघको जिल्लानगर तर्फको उपाध्यक्षमा चुनाव लडेका वैध आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुण राज सुमार्गीलाई हराउँदै विजयी भएका हुन्।

त्यस्तै जिल्लानगर तर्फ नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुर सहित १८ जना निर्वाचित भएका छन्। निर्वाचित हुने अन्य १७ जनामा मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की,  अमरेश चन्द्र बैदार, तारा बहादुर कार्की, नविन रिजाल, कल्पना गैरे, उमेश डालमिया, उज्ज्वल प्रसाद कसजु , बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ (कोज), किशोर कुमार आचार्य, कृष्ण कुटवाल, केशब प्रसाद भण्डारी, पुष्पराज कुंवर, गोकुल श्रेष्ठ , निरक के.सी, अनिलकृष्ण श्रेष्ठ रहेका छन्। 

जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जिल्ला नगरतर्फ ११७ मत खसेको थियो। जिल्ला नगर तर्फको ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved