महासंघको जिल्लानगर सदस्यमा उमेशलाल समुहको वर्चस्व, संघाई समुहबाट उपाध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 02:15:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर सदस्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको वर्चस्व कायम भएको छ। आज भएको निर्वाचनमा जिल्ला नगरसदस्यमा निर्वाचित अठार सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट एघार जना निर्वाचित भएका छन्। 

जिल्ला नगर सदस्यमा निर्वाचित हुने मध्ये उमेशलाल श्रेष्ठ समुहबाट ११ सदस्य रहेका छन् भने बाँकी आठ जना वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठ समुहबाट रहेका छन्। तर वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार रामचन्द्र संघई समुहबाट भने उपाध्यक्ष पदमा सुरकृष्ण बैद्य बिजयी भएपनि सदस्यमा सबै पराजित भएका छन्। 

महासंघको जिल्लानगर सदस्यमा निर्वाचित अठार सदस्यमा नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुर,  मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की,  अमरेश चन्द्र बैदार, तारा बहादुर कार्की, नविन रिजाल, कल्पना गैरे, उमेश डालमिया, उज्ज्वल प्रसाद कसजु , बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ (कोज), किशोर कुमार आचार्य, कृष्ण कुटवाल, केशब प्रसाद भण्डारी, पुष्पराज कुंवर, गोकुल श्रेष्ठ , निरक के.सी, अनिलकृष्ण श्रेष्ठ रहेका छन्। 

जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जिल्ला नगरतर्फ ११७ मत खसेको थियो। जिल्ला नगर तर्फको ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved