नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । भरतराज आचार्यलाई ६५ मत अन्तरले हराउदै ज्योत्सना विजयी भएकी हुन् ।
ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाई प्यानलकी हुन् । कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएका छन्। भरत आचार्यलाई दुइ वटा प्यानलले साझा उम्मेदवारको रुपमा उठाए पनि ज्योत्सनाले आचार्यलाई पराजित गर्दै बाजी मारेकी हुन् ।
यस सँगै महासंघको ३ वटै उपाध्यक्षको नतिजा आएको छ । जिल्ला नगर उपाध्यक्षमा संघइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
अब बरिष्ठ उपाध्यक्षको नतिजा आउँन बाँकि छ ।