सबैभन्दा बढी मतभार रहेको जिल्ला नगरबाट कसले कति मत पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 11:15:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरबाट अन्जन श्रेष्ठले सबैभन्दा बढी भोट पाएका छन् । श्रेष्ठले ४७ मत पाएका हुन् ।

रामचन्द्र संघइले ३९ र उमेशलाल श्रेष्ठले २८ मत पाएका छन् । 

सबैभन्दा बढी मतभार जिल्ला नगरको ५० प्रतिशत हुन्छ भने एसोसिएटको ३० प्रतिशत र बस्तुगतको २० प्रतिशत मतभार हुन्छ । 

वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत प्लस एक भोट चाहिन्छ । यदि कसैले पनि ५० प्रतिशत कटाएर एक भोट थप पाउन नसके दोस्रो चरणको मतदान हुन्छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउने नदेखिएकाले निर्वाचन समितिले आजै दोस्रो चरणको मतदान गर्ने तयारी गरेको छ ।

जिल्ला नगरबाट प्राप्त मतभारः

अञ्जन श्रेष्ठ २०.६१

रामचन्द्र सांघाई १७.१०

उमेशलाल श्रेष्ठ १२.२८

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved