वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्तः १ प्रतिशत मतभार कम हुँदा सांघाई आउट, कसले कति मत पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 12:27:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको छ । अब पहिलो चरणमा पहिलो र दोस्रो भएका अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुनेछ । 

त्रिपक्षीय भिडन्तमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मतभार पाएका छन् । अन्जनले वस्तुगततर्फ ६.७२ प्रतिशत, जिल्ला नगरतर्फ २०.६१ र एसोसिएटतर्फ १०.७६ गरी कुल ३७.९९ प्रतिशत मतभार पाएका हुन् । 

त्यस्तै, उमेशलाल श्रेष्ठले वस्तुगततर्फ ११.३१ प्रतिशत, जिल्ला नगरतर्फ १२.२८ प्रतिशत र एसोसिएटतर्फ ७.९२ प्रतिशत गरी कुल ३१.७१ प्रतिशत मतभार पाए ।

रामचन्द्र सांघाईले भने वस्तुगततर्फ १.९६ प्रतिशत, जिल्ला नगरतर्फ १७ प्रतिशत र एसोसिएटतर्फ ११.४० गरी कुल ३०.४६ प्रतिशत मतभार पाएका छन् । 

योसँगै, सबैभन्दा कम मतभार पाउने रामचन्द्र ‘रिङ आउट’ भएका हुन् । अन्जन र उमेशलालबीच दोस्रो चरणमा आजै प्रतिस्पर्धा हुनेछ ।

एसोसियट र जिल्ला नगर तर्फको मतगणना सकिँदासम्म तेस्रो स्थानमा रहेका उमेशलालले बस्तुगत तर्फ अत्याधिक मत ल्याउँदै दोस्रो चरणमा प्रतिस्पर्धा पक्का गरेका हुन् । 

जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेकोमा रामचन्द्र सघंईले ३९ मत, उमेशलाल श्रेष्ठले २८ मत र अन्जन श्रेष्ठले ४७ मत पाएका छन् । 

वस्तुगत तर्फ कुल १२३ मत खस्दा सांघईले १२ मत, अन्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन् । एक मत बदर भएको थियो । 

एसोशिएटतर्फ भने सांघाईले ६१३ मत ल्याएका छन् । अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छन् । 

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएट ३० प्रतिशत र बस्तुगतको २० प्रतिशत हुन्छ ।

अब दोस्रो चरणमा भने ५० प्रतिशत मतभार कटाउनुपर्ने बाध्यता उम्मेदवारहरुलाई हुँदैन । किनकी, महासंघको विधानमै दोस्रो चरणमा बढी ल्याउने उम्मेदवार विजयी हुने भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved