उमेशलाल र अन्जनबीच सहमतिको प्रयास थालियो, निर्वाचन कार्यक्रम पनि सारियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 02:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणको मतदान सुरु अगाडी सहमतिको प्रयास थालिएको छ । उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएपछि निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि मतदान समय तोकेको थियो । तर, सहमतिको प्रयास थालिएपछि निर्वाचन कार्यक्रम पनि सारिएको छ ।

निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र उम्मेदवारहरुबीच सहमतिको प्रयास जारी छ । 

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव आएपछि दिउँसो २ बजेदेखि हुने भनिएको दोस्रो चरणको निर्वाचन कार्यक्रम ४ बजेसम्मका लागि सरिएको छ ।

पहिलो चरणको निर्वाचनमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि धेरै मत ल्याएका दुई उम्मेदवार बीच पुनः मतदान गर्न लागिएको हो । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणको निर्वाचका लागि प्रतिस्पर्धामा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved