मङ्सिर ७ को लागि तय भएको हस्तकला व्यापार मेला स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 05:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर ७ गते बिहिबारको लागि तय भएको २० औ संस्करणको  ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ स्थगित भएको छ। आयोजक नेपाल हस्तकला महासंघले अनिश्चितकालको लागि मेला स्थगित गरेको हो ।

मंसिर ७ मा काठमाडौँमा दुर्गा प्रसाई समुह र एमालेको युवा संघले छुट्टाछुट्टै स्थानमा विशाल प्रदर्शनको तयारी गरेको, सरकारले विभिन्न स्थानमा निषेधाज्ञा लागु गरेको, सुरक्षाको दृष्टिले अहिले मेला गर्नु उचित नहुने लगायतका कारणले आयोजकले मेला रोकेको हो ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दैै आएको थियो । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला  आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पु¥याउने मेलाको लक्ष्य रहेको थियो । मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने र मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने तय भएको थियो । 

उपयुक्त समयमा मेलाको लागि अर्को मिरि तय गरिने महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved