खाली पेटले कर तिर्न सक्दैनः चेम्बर अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 12:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खाली पेटले कर तिर्न नसक्ने बताएका छन् । दोकान र होटल तथा पसलहरु बन्द गरेर युवाहरु पलायन हुने क्रम बढिरहेको भन्दै उनले करदातालाई सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए ।

‘करदातालाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने कार्यक्रम आवश्यक छ, संसारभरी यो व्यवस्था छ, हाम्रो देशमा छैन’ उनले भने, ‘खाली पेटले कर तिर्न सक्दैन ।’

अध्यक्ष मल्लले आन्तरिक राजस्वले नै चालु खर्च धान्न सक्ने स्थिति हुँदा पनि करको दर बढी भएको र कर नीति पनि स्थिर नहुँदा भन्सारमा निर्भर हुनु परिरहेको बताए । ३ महिना ६ महिनामा निदेशिका ल्याएर कर नीति चलाउने काम ठिक नभएको बताए । 

‘भन्सार बढाउँदा पनि राजस्व बढेन, किनभने बिना भन्सार, बिना कर आयात भइरहेको छ, दिउँसो पोका पोका साइकलमा हालेर ल्याउने र रातभरी ट्रकबाट वितरण हुने गरेको सुनिएको छ, यसलाई निस्तेज पार्नुपर्छ’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved