स्याङ्गजा आँधीखोला महोत्सव हुँदै, यस्ता छन् आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 04:54:41 PM मा प्रकाशित

laxmi  sunrise bank

पौष १९ गतेदेखि स्याङ्गजामा 'दोस्रो स्याङ्गजा आँधीखोला महोत्सव २०८०' हुने भएको छ । स्याङ्गजा चेम्बर अफ कमर्शको आयोजनामा हुने महोत्सव १३ दिनसम्म चलेर माघ २ गते सम्पन्न हुने छ ।

आयोजकका अनुसार महोत्सव पुतलीबजार नगरपालिका १ स्थित श्रवण कुमार खेल मैदानमा आयोजना हुन् लागेको हो । प्राचिन सभ्यता र ऐतिहासीक जिल्लाको रुपमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण सजिसजाउलाई चिनाउन महोत्सव गर्न लागेको  स्याङ्गजा चेम्बर अफ कमर्शले जनाएको छ । यसका साथै जिल्लामा रहेका ऐतिहासिक र महत्वपूर्ण विषय वारेमा जानकारीका साथै तिनिहरुको संरक्षण र सम्बेदनका साथै संस्कृति, कृषि र पर्यटनको विकासमा निजीक्षेत्रको पनि उतिकै दायित्व रजिम्मेवारी रहेको उल्लेख गरिएको छ ।

महोत्सवले स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन एवं सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरुले पनि स्याङ्गजा महोत्सवको पहिचान बनाउदै नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित हुने अपेक्षा रहेको आयोजगले जनाएको छ । उक्त महोत्सवमा २०० स्टलहरुको सहभागिता रहने छ भने करिव ३ लाख भन्दा बढि दर्शकले मेलाको अवलोकन गर्ने अनुमान आयोजकको छ ।

स्याङ्गजा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुयाउने साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणका लागि व्यवसायीक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने र आधिखोला सभ्यता र यसको ऐतिहासिक महत्वको वारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने महोत्सवको लक्ष्य रहेको आयोजकले जनाएको छ।

महोत्सवको सह-आयोजक पुतलीबजार नगरपालिका रहेको छ भने प्रबर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड तथा सहयोगीको रुपमा स्याङ्गजा जिल्ला उद्योग वाणिज्य संघ रहेको छ ।

आयोजकका अनुसार सरोकारवाला सबैलाई समेटि मुल समिति, कार्यसम्पादन समिति गठन गरिने छ । उपसमितिहरुको गठन गरि उपसमितिलाई स्पष्ट काम तथा अधिकार प्रत्यायोजन गरिने छ ।

प्रथम चरणमा सरोकारवाला सवैलाई समेटि मुल समिति, कार्यसम्पादन समिति गठन गरिने र उपसमितिहरुको गठन गरि उपसमितिलाई स्पष्ट काम तथा अधिकार प्रत्यायोजन गरिने आयोजकले जनाएको छ ।

दोस्रो चरणमा स्थानीय राजनैतिक पाटिका प्रतिनिधिहरु, संघ संस्था, बुद्धिजिवि, समाजसेवी नागरिक समाजसंग अन्तरकृया गरिने ।
ब्रोसर छपाई गरि वितरण गरिने आयोजकले जनाएको छ। त्यस्तै पत्रकारहरुसंग छलफल एवं अन्तरकृया गरी प्रचार प्रसार गरिने छ।

 महोत्सवमा कृषि उपज वस्तु कृषि प्रविधिको र उत्पादनहरुको प्रदर्शनी, हस्ताकला तथा लघु उद्यम उत्पादन तथा प्रविधिहरुको प्रदर्शनी, जिल्लामा रहेका पर्यापर्यटनका विभिन्न सूचना मूलक सामाग्रीहरुको प्रर्दशनी, लोक भजन प्रतियोगीता, शैक्षिक प्रविधि प्रदर्शनी,  पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रम,  सांस्कृतिक रितिरिवाज झल्कने सांस्कृतिक प्रर्दशनी
स्थानिय निकाय विच खुल्ला नौमती लोक बाजा प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, र आंधिखोला सभ्यता र यसको संरक्षण विशेष कार्यक्रम रहने छ। 

आयोजकका अनुसार महोत्सवको उदेश्य निम्न अनुसार रहेको छ ।

• मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित कृषि तथा ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन साथै एकै थलोमा भेला गराई गुणस्तरको पहिचान गराउने र वस्तु / सेवाहरु उपभोक्ता सम्म पुर्याउने ।
• कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने
• स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा टेवा पुर्याउने ।
• प्रादेशिक रुपमा नयां प्रविधि तथा सिपको प्रदर्शनी तथा सिप र कला हस्तान्तरणमा सहयोग पुर्याउने ।
• आन्तरिक एवं बाह्य पर्यापर्यटनको प्रबर्द्धन गर्ने
• साहित्य, कला र संस्कृतिहरुको प्रचार प्रसार तथा बजारीकरण गर्ने ।
• शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजी गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved