गभर्नरलाई सीएनआईका अध्यक्षको जवाफ, ‘हामीले घाँटी हेरेरै हड्डी लिएका हौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 10:27:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश अग्रवालले गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्तिप्रति लक्षित गर्दै उद्योगी व्यवसायीहरुले क्षमता हेरेरै ऋण लिने गरेको बताएका हुन् । 

शुक्रबार एक कार्यक्रममा गभर्नर अधिकारीले ‘घाँटी हेरेर हाँड निल्नुपर्छ’ भन्ने उखानसँग जोड्दै उद्योगी व्यवसायीहरुले घाँटी नहेरी हड्डी निल्न खोजेको बताएका थिए । त्यसको जवाफमा सीएनआईका अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीले घाँटी हेरेरै हड्डी लिएको भन्दै क्षमताभन्दा बढी ऋण लिए भनेर नभन्न सचेत गराए ।

‘उद्योगी व्यवसायीले घाँटी हेरेरै हड्डी लिएका हुन्छन्, बिना योजना व्यवसायीले ऋण लिएका छन् भनेर भन्ने कुरा साँचो होइन’ उनले भने ।

अध्यक्ष अग्रवालले सरकारले विभिन्न तथ्यांक देखाएर अर्थतन्त्र ठीक छ भने पनि वास्तविकता फरक रहेको दाबीसमेत गरेका छन् । सरकारका मन्त्री र राष्ट्र बैंकका गभर्नरले देखाएका तथ्यांकहरुमा आफ्नो कुनै विमती नभए पनि ‘ग्राउण्ड रियालिटी’ भने फरक रहेको उनको जिकिर छ ।

‘विदेशी मुद्राको सञ्चिति अहिले १५ खर्ब पुगेको छ, आन्तरिक अर्थतन्त्र चलायमान नभए २५ खर्ब पुगे पनि केही हुँदैन,’ उनले भने, ‘यसैलाई देखाएर सब ठिकठाक छ भन्ने कुरा साँचो होइन, ग्राउण्ड रियालिटी फरक छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved