२० औँ हस्तकला मेला तथा प्रतियोगिता हुँदै , ‘छ्वाली कला’मा प्रतिस्पर्धा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 01:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म काठमाडौँमा २० औँ हस्तकला व्यापार तथा हस्तकला प्रतियोगीता मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घले काठमाडौँको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला र १८ औँ हस्तकला प्रतियोगिता आयोजना गर्न लागेको हो । 

महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै विदेशी क्रेताहरुलाई हस्तकला वस्तुहरु एकै स्थानबाट खरिद गर्न अवसर प्रदान गर्ने र नयाँ पुस्तालाई हस्तकला क्षेत्रप्रति आकर्षित गर्नु मेलाको मुख्य उद्देश्य भएको बताएको छ । महासंघका अनुसार मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहने छन् ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत गरिने बताए । उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए । 

शाक्यका अनुसार उक्त मेलामा ५ लाख भन्दा बढि स्वदेशी र विदेशी अवलोकनकर्ताले मेला अवलोकन गर्ने छन् । साथै मेलामा १५ करोडको कारोबार हुने अनुमान उनको छ । मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् । मेलामा पाकिस्तान, बङ्गलादेशका व्यवसायीहरुको समेत स्टल रहने छ । 

मेलाको प्रमुख आकर्षणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जसअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा परम्परागत विधामा १८ जनाको सहभागिता रहने छ । र समसामयिक विधामा १५ जना सहभागी रहने छन् । प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र,द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था रहेको छ ।

त्यस्तै, मेलाको तेस्रो दिन ७० वर्ष भन्दा बढीका वरिष्ट कलाकारलाई चाँदिको फ्रेम सहित ताम्रपत्रबाट सम्मान पनि गरिने छ । मेलामा प्रवेश गर्नको लागि रु १०० रुपैयाको टिकट लाग्ने महासंघले जनाएको छ । 

हाल नेपाली हस्तकलाका वस्तुहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ शाक्यले बताए । उनका अुनसार स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved