नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कर समितिले पायो पूर्णता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 08:06:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले कर, राजस्व तथा भन्सार समिति लाई पूर्णता दिएका छन्।  उक्त समितिको  सभापतिमा कार्यसमिति सदस्य एवं   नेपाल फ्रेट फरवार्डस एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला छन्।

समितिका सह - सभापतिमा बिशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र कुमार गुप्ता छन्।   

समितिको सदस्यमा  राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठ   , जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष थानेश्वर ज्ञवाली , मार्ट संचालक संघका अध्यक्ष रंजित लामिछाने  , खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष गणेश कुमार न्यौपाने , नेपाल फ्रेट फरवार्डस एसोसिएसनका उपाध्यक्ष  नरेश कुमार अग्रवाल , फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव ज्ञानेन्द्र प्रसाद दाहाल , रन्जना व्यापार संघका  सदस्य महेश पौडेल ,नेपाल बितरक संघका सचीव नवराज दहाल लगायत संघका साधारण सदस्यहरु कुमार खरेल ,सहदेव बन्जारा , गणेश कार्की , गणेश टन्डन रहेका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved