उपाध्यक्षको फोटो दुरुपयोग भएकोमा नेपाल फ्रेट फरवार्डस एसोसिएसनको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 12:46:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फ्रेट फरवार्डस एसोसिएसनले सम्बन्धित नै नरहेको समाचारमा आफ्नो उपाध्यक्षको फोटो दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ ।

आज २०८० माघ ५ गते विभिन्न राष्ट्रिय दैनिकहरु तथा अनलाईनहरुमा “हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगद सहित नरेश अग्रवाल पक्राउ ” शिर्षकमा प्रकाशित समाचारमा संघका उपाध्यक्ष नरेश कुमार अग्रवालको तस्वीर प्रयोग गरेकोमा संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त समाचारमा आरोपीत नरेश अग्रवाल क्षेत्रपाटी स्थित कपडा व्यापारी रहेको र  संघका उपाध्यक्ष  नरेश कुमार अग्रवालको यस समाचार संग कुनै सम्बन्ध नरहेको संघले जनाएको छ।  कुनै ठोस अध्ययन विना राष्ट्रिय दैनिकहरु तथा अनलाईनहरुमा प्रचार प्रसार गरिने समाचारहरुले निर्दोष व्यक्तिको मानमर्दन भएको भन्दै संघले सो कार्यको भर्त्सना गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved