रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2024 | 01:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । संघको १२ औं अधिवेशनबाट डिल्लीराज भण्डारीलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिकारी यसअघि द्वितीय उपाध्यक्ष थिए भने भण्डारी वरिष्ठ उपाध्यक्ष थिए । 

संघको प्रथम उपाध्यक्षमा दयानिधी भण्डारी, द्वितीय उपाध्यक्षमा प्रेमनाथ पाण्डे, सचिवमा मनोहरी बस्याल र कोषाध्यक्षमा मनिराम खनाल विजयी भएका छन् । सहसचिवमा प्रकाशराज पौडेल र सहकोषाध्यक्ष अर्जुन प्रसाद भट्टराई विजयी भएका छन् । 

संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved