नेपाल डेरी एसोसिएसनको रजत जयन्ती तथा २५ औ साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 06:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डेरी एसोसिएसनले आफ्नो स्थापनाको रजत जयन्ती मनाउनुको साथै २५ औँ वार्षिक साधारसभा सम्पन्न गरेको छ । एसोसिएसनले आज काठमाडौँमा कार्यक्रम गरि रजत जयन्ती र साधारणसभा सम्पन्न गरेको हो ।

यस अवसरमा एसोसिएसनले साना साना बालबालिकालाई दूध खुवाएको थियो भने विभिन्न अस्पताल, आश्रम र शैक्षिक संस्थामा दुग्ध पदार्थ वितरण गरेको थियो । 

कार्यक्रममा संघको पूर्व अध्यक्ष सुमित केडीयाले दूध क्षेत्रको अन्तराष्ट्रिय अवस्था, नेपालको अवस्था,नेपालमा कृषि क्षेत्रको महत्व, नेपालमा भएको चुनौती साथै कृषि क्षेत्रका विविध विषयमा प्रस्तुति दिएका थिए।  नेपाल उद्योग  वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले डेरी क्षेत्रमा शिप सिकाउने तथा शिक्षाका लागि राम्रो शिक्षण संस्थान नभएको बताएका छन् । साथै विभिन्न कारण देखाई यस क्षेत्र पछाडी परेको र विदेशी कम्पनीहरुसंग उपभोगको मूल्य प्रतिस्पर्धा गर्न नसकेकाले समस्यामा परेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कृषि मन्त्रालयका सचिव रेवती रमण पौडेलले किसान र उद्योगी मिलेर यस क्षेत्रलाई अगाडि बढाउने प्रयास गरिरहेको बताए  । कृषकले समयमा भुक्तानी नपाएको, सिंचाईको समस्या, लगायतका विषयले समस्या भएकोले मन्त्रालयले यस्ता समस्या समाधानको प्रयास गरिरहेको उनले बताए ।

नेपाल डेरी एसोसिएशन २०५५ सालमा स्थापना भइ निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको दुग्ध व्यवसायी साना, ठूला, मझौला र घरेलु डेरीहरुको छाता संगठन हो । यो संस्था २०५५ साल माघ ७ गते जिल्ला प्रशाशन कार्यालय काठमाडौँमा दर्ता नं. ५६३-०५५-५६ विधिवत दर्ता भई संचालनमा रहेको छ । यस संस्थामा देशभरिबाट २७५ सदस्यहरु रहेका छन्। हाल एसोसिएसन साथ प्रदेश र १५ जिल्लामा आफ्नो संगठन विस्तार गर्दै काम गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved