मिथिला लघुवित्त बिकास बैंकले गत आर्थिक बर्षबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको कात्तिक १० मा बसेको १४६ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट र शेयर प्रिमियरबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८९४३६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेप्से मार्फत जनाइएको छ।
उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटि डटकमले मिथिलाले ११ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो। गत बर्ष मिथिलाले १२।६६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
१५ प्रतिशत बोनस वितरणपछी मिथिलाको चुक्ता पुंजी ६ करोड ४९ लाख ७८ हजार पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ५ करोड ६३ लाख ७२ हजार छ। मिथिलाले गत आर्थिक बर्ष ८५ लाख ९ हजार खुद मुनाफा गरेको थियो।
EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता
शेयर कारोबार रोक्का
सिर्जना फाइनान्सको सेयर कारोबार बुधबार देखि अर्को सूचना नआउँदा सम्मका लागि रोक्का गरिएको छ। लघुवित्तले लाभांश सम्बन्धि निर्णय भएको भोलिपल्ट नै यस सम्बन्धि सूचना नदिएकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
'सामान्यतय लाभांश घोषणा गरेको दोस्रो कार्यदिन सम्म सूचना दिने प्राबधान छ' नेप्सेका प्रवक्त्ता मुराहरी पराजुलीले भने, 'समयमै जानकारी दिनु पर्नेमा सार्वजनिक सूचना ढिला गरि जानकारी दिएकाले अनुसन्धानका लागि सेयर कारोबार रोक्का गर्नुपरेको हो, यस्तो किन भयो भनेर हामीले जवाफ माग गरेका छौं।'
लघुवित्तले १२ दिन ढिला गरि नेप्सेमा लाभांश सम्बन्धि जानकारी दिएको हो। गत साता मात्रै लाभांश घोषणा गरेको सिर्जना फाइनान्सको समेत यस्तै प्रकृतिको घटना घटेकाले उसको समेत सेयर कारोबार रोक्का गरिएको थियो। नेप्सेलाई जवाफ पठाएपछि हाल सिर्जनाको शेयर कारोबार सुचारु छ।
बिगतमा पनि यस्ता घटना प्रशस्त हुने गरेका थिए, कम्पनीहरु लगानीकर्ता प्रति इमान्दार होउन र अनुशाशित होउन भन्ने उदेश्यले नेप्सेले सुचिकृत कम्पनिहरुलाई लाभांश या बजारलाई प्रभाब पार्ने सूचना समयमै सार्वजनिक गराउन यस्तो कडा कदम चालेको प्रवक्ता पराजुलीले बिजपाटिलाई बताए।