कालिका पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा जारि गरेको साधारण शेयर बाँडफाँड भएको छ। सह निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बुधबार बिहान आफ्नै कार्यालयमा सेयर बाँडफाँड गरेको हो।
कालिकाले सर्वसाधारणका लागि निष्काशन गरेको ११ लाख १६ हजार कित्ता शेयरका लागि १ लाख १८ हजार ९५६ आवेदकबाट ८० लाख ६ हजार ९९० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये १ लाख १३ हजार १७७ आबेदकले समान कालिका पावरको समान १० कित्ता सेयर पाएका छन। कुल आबेदक मध्ये १४६ जनाको आबेदन रद्द भएको छ।
कालिका पावरले निष्काशन गरेको कुल १२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो।
आईपीओ बाँडफाँड तथा बितरणपछि कालिकाको चुक्ता पुंजी ६० करोड पुग्ने छ । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा गरेको छ, जुन ५ प्रतिशत हो ।
आईपिओको नतिजा बिजपाटी डटकममा हेर्न सकिन्छ । बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा कालिका पावर कम्पनी लिमिटेड छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ।