गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश पारित, सबै संचालक निर्विरोध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 09:33:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश पारित भएको छ। कम्पनीको कात्तिक १६ मा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताब पारित गरेको हो। 

त्यस्तै साधारणसभाले संस्थापक तर्फबाट श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु , डा.रेश्मा श्रेष्ठ तथा सर्वसाधारण तर्फबाट  राजेश मानन्धर संचालक पदमा र्निविरोध चयन गरेको छ। 

फाइनान्सले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ३ अर्ब १६ करोड निक्षेप संकलन गरि २ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा फाइनान्सले १ करोड ८२ लाख संचालन मुनाफा आर्जन गरेको छ। यस अवधिमा फाइनान्सको चुक्तापुंजी ८० करोड छ

फाइनान्सले हाल हरिहर भवन ललितपुर स्थित प्रधान कार्यालय सहित दशवटा शाखा मार्फत फाइनान्स सेवा प्रदान गर्दै आएको छ। फाइनान्सले निकट भविष्यमा नै वुटवल र भैरहवामा शाखा कार्यालय संचालनको तयारि थालेको छ। 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved