सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 10:16:32 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २ सय ४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  ०.५२६३  प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार १ सय १८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ७३ करोड ६९ लाख रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved