एनआईसी एसिया लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 05:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ५ गते आइतबार धरानको धरान इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सभामा  आ.व. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.४१% अर्थात रु.९,४१,०३,७०४/- (अक्षेरुपी नौ करोड एकचालिस लाख तिन हजार सात सय चार मात्र) बराबरको नगद लाभांश वितरण गर्ने स्वीकृतिका लागि साधारण सभामा प्रस्ताव पेश गर्ने, र संचालकहरुको (संस्थापक समुहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहको दुई जना संचालकहरु) निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २३ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस हिसाबमा कार्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved