मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 10:51:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १७ प्रतिशत नै बोनस सेयर रहेको छ। हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। १७ प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजीमा २ करोड थपिनेछ। 

स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved