नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, १ लाख ४५ हजार कित्ता शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 08:20:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । फागुन २६ गते बिहिबार शेयर बाँडफाँड गरिएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने २ हजार ४ सय ३० जना शेयरधनीलाई ११ लाख ६६ हजार ६ सय ८९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा आवेदन नपरेको १ लाख ४५ हजार ६ सय ४९ कित्ता शेयर लिलाममा आउने छ । 

 बैंकले १:१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। बैंकले हकप्रद निष्काशनको लागि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने ब्यबस्था थियो।

बैंकले मङ्सिर ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved