आज बुधबार शेयर बजार परिसूचक नेप्से ८.९० अंकले बढेको छ । आज सूचक ८.९० अंकले बढेर २२७४.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीका ३१ लाख ५६ हजार ९ सय १३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रुपैयाँको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै ५ करोड ३८ लाखको कारोबार भएको छ भने जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ट्रेडिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र म्युचुअल फण्ड बाहेक बाहेकका सबै सूचक बढेका छन् । जस अनुसार हाइड्रोपावर समुहको सूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ ।
आज राधी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.०२ प्रतिशतले बढेको छ भने सिनर्जी पावरको शेयर मूल्य ५.९१ प्रतिशत तथा बरुण हाइड्रोको शेयर मूल्य ५.७७ प्रतिशतले बढेको छ ।
आज सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने प्रुडेन्शियल इन्स्योरेन्सको शेयर मूल्य ४.३९ प्रतिशतले घटेको छ ।