गरिमा विकास बैंकको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 08:20:43 AM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैंकले बोनस शेयर पाउनको लागि कर तिर्न आग्रह गरेको छ । गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार गरिएको सन्दर्भमा प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर मिति २०७८ कार्तिक २८ गते कायम शेयरधनीहरुको हकमा छुट पाउने भएकाले सो मिति भन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिद बिक्री भई कायम शेयरधनीहरुले प्रस्तावित लाभांश बापत नियमानुसार तिर्नु बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्ने बैंकले जनाएको हो ।

सोहि अनुसार बैंकले  २०७८ कार्तिक २८ गते शेयर खरिद गरेका लगानीकर्तालाई बोनस शेयर पाउनको लागि कर तिर्न आग्रह गरेको हो  । बैंकको गत चैत्र १८ गते सम्पन्न साधारणसभाले १८ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो। २०७८ कार्तिक २८ गते अगाडी शेयर खरिद गरेकाले भने कर तिर्नु पर्ने छैन  ।

बैंकले गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट शाखामा NIBLACE Capital-GBBL Bonus Tax 2077-078 नामक खाताको खाता नम्बर 04000101013893000001 मा बोनसमालाग्ने कर जम्मा गर्न आग्रह गरेको छ । कर तिर्दा आफ्नो डिम्याट नम्बर, नाम र मोबाइल नम्बर उल्लेख गर्न बैंकले आग्रह गरेको छ । कर तिरेको भौचर rts@niblcapital मा इमेल मार्फत पठाउन बैंकले आग्रह गरेको छ । आफुले तिर्नु पर्ने करको रकम एनआईबिएल एस क्यापिटलको वेबसाइट र गरिमा विकास बैंकको वेबसाइटमा पनि राखिएको बैंकले उल्लेख गरेको छ । 

शेयर दाखिला खारेजी बन्द भएको मिति २०७८/१२/०४ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गर्नु पर्ने भए सो समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter वा फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved