सिद्धार्थ बैंकले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, १०.७५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 08:36:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  १,००० अंकित दरको ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५  प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved