स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई सुपर माईको आईपिओ मङ्सिर २१ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 09:06:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर माई हाइड्रोपावर लिमिटेडले मङ्सिर २१ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई मङ्सिर २० गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।   त्यस्तै ५० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा पुस ६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ६ गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved