अपर हेवाखोला हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 09:47:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २१ गते अनामनगर स्थित युनियन हाउसमा सभा आह्वान गरेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७८ २०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।
२) लेखा परिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७८ / ०७९को वासलात, नाफा/ नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने ।
३) कम्पनी ऐन २०६३ को दफा १११ बमेजिम आ.व. २०७९ २०८० को लेखा परिक्षण कार्यका लागि लेखा परिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) संस्थापक शेयरधनी समुहबाट ४ जना र सर्वसाधारण शेयरधनी समुहबाट २ जना समेत ६ जना सञ्चालक निर्वाचन गर्ने ।
५) सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved