युनियन हाइड्रोपावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 09:10:03 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २२ गते ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा साधारणसभा आह्वान गरेको हो। अनलाइन माध्यमबाट पनि सभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गते सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्तो छ कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आ.व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।
२. लेखा परिक्षणको प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु माथी छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।
३. आ.व.२०७२/०८० को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा ।

४. विविध

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved