नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, मर्जरको अख्तियारी दिने प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 09:44:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २५ गते सोमबार आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  ३ प्रतिशत बोनस शेयर र ७.५३  प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रहेको छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।

साधारण प्रस्ताव 

१. आ.व. २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण (२०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।


३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने।


४. संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. ७३,९८,८६,७३९.३८ बराबर (चुक्ता पुँजीमा ७.५३ प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. स्वतन्त्र संचालक नियुक्तिको जानकारी सम्बन्धमा (बैंकको संचालक समितिको मिति २०७८ चैत्र ३० मा सम्पन्न ४८३औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान बमोजिम डा. गोपाल प्रसाद भट्टलाई ४ वर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको ) ।

६. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव 

१. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.२९,४७,७५,५९३.३८ बराबर (चुक्ता पुँजीमा ३.०० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा / नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

३. बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. २८, कमलादी, नेपाल कायम गर्न बैंकको प्रबन्धपत्रको दफा २ को उपदफा १ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

४. संचालक समिति तथा संचालक समितिका उपसमितिहरूको बैठकमा भाग लिएबापत संचालक समितिका अध्यक्ष तथा अन्य संचालकहरूलाई दिइने बैठक भत्ता वृद्धि गरी क्रमशः रु.१८,००० /- र रु. १५,०००/- प्रतिबैठक कायम गर्न बैंकको नियमावलीको नियम २९ को उपनियम (ख) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

५. बैंकले आ.व. २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु. १,०४,३१,११६.८० कम्पनी ऐन, २०६३ को दफा १०५ की उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च रु. १,०४,३१,११६.८० लाई अनुमोदन गर्ने ।

६. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।

७. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved