१ महिनाभन्दा पनि कम समयमा बिओकेको बोनस शेयर नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 12:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस शेयर सुचिकृत भएको छ ।  बैंकको ६  प्रतिशतले हुन आउने ६३ लाख ७४ हजार ३ सय ९६ कित्ता शेयर सुचिकृत भएको हो 

साधारणसभाले पारित गरेको एक महिनाभन्दा कम समयमा बैंकको बोनस शेयर सुचिकृत भएको हो । बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । आज पुस २२ गते उक्त बोनस शेयर सुचिकृत भएको हो 

ग्लोबल आईएमइ बैंक र  बिओके एक आपस मर्ज भई पुस २५ गते सोमबारबाट एकिकृत कारोबार गर्दै छन् । मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस १९ गते  बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार पुस २५ गते सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ ।

 एकिकृत कारोबार शुरू गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि २०७९/०९/२२ गते शुक्रबार, २०७९/०९/२३ गते शनिबार र २०७९/०९/२४ गते आइतबार बिओकेको सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गर्दै आईरहेको सम्पूर्ण बैकिङ्ग सेवाहरू बन्द रहने छन्।  बिओकेको डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, e-Com कार्ड, ATM, BOK Smart, BOK Click बाट हुने कारोबार पनि अवरुद्ध रहने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved