राष्ट्र बैंकको ८ बुँदे निर्देशनले लघुवित्त समुहमा ९.५४ प्रतिशतको 'झड्का'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 03:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयरबजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २६० कम्पनीका ६३ लाख २६ हजार १ सय ५ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ५२ करोड २७ लाख १३ हजार १ सय ५३ रुपैयाँ ८८ पैसाको कारोबार भएको छ ।

आज लघुवित्त समुहको सूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ । लघुवित्त समुहमा रहेका एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ ।  आज ३७ वटा लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्तलाई ८ बुँदे निर्देशन जारी गरेपछि त्यसको प्रभाव स्वरुप आज लघुवित्त समुहमा भारी गिरावट आएको हो । 

त्यस्तै सत्ता समीकरण फेरबदलको संकेतले  समग्र बजारमा गिरावट आएको छ । आज कारोबारमा आएका २०३ कम्पनीका शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्र बढेको छ ।

आज छिमेक लघुवित्तको सर्वाधिक ८७ करोड ७ लाखको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ७९ करोड ६४ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७२ करोड १८ लाख, साना किसान लघुवित्तको ६० करोड ६८ लाख तथा इन्भेष्टमेन्ट मेगा बैंकको ६० करोडको कारोबार भएको छ ।

आज नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य सर्वाधिक ४.८२ प्रतिशत बढेको छ भने सामलिङ पावरको सेयर मूल्य ४.७७ प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved