आशा लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 09:57:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ११ गते ककनीमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १४.२८५७ प्रतिशत बोनस शेयर र  ०.७१४३ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्ताव 

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात तथा आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७८ / ७९ को मुनाफाबाट चुक्ता पुँजी रु. ३३,३९,१४,००० /- को ०.७१४३ प्रतिशतले हुने रकम रु. २३,८५,१००/- कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सेवा सुविधाको निर्धारण गर्ने।

५. स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गर्ने ।

विशेष प्रस्ताव 

१. सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७८ / ७९ को मुनाफाबाट चुक्ता पुँजी रु. ३३,३९,१४,०००/- को १४.२८५७ प्रतिशतले हुने रकम रु. ४,७७,०२,०००/- वोनश शेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने ।

२. सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

३. संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन ( Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding ) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

५. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved