धौलागिरी लघुवित्तले साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 09:13:04 AM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १६ गते बाग्लुङ स्थित धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

हाल धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जर प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि यी दुई कम्पनीले एकिकृत कारोबार सुरु गर्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव :

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२) आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु NFRS सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११, बैंक तथा वित्तीय संस्था ऐन २०६३ को दफा ६३ बमोजिम आ.व.२०७९/०८० को वाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्वन्धमा ।

४) यस वित्तीय संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव

१) एकिकृत मर्जरको क्रममा यस वित्तीय संस्थाको अधिकृत पूंजी बृद्धि गर्ने सम्वन्धमा ।

२) नेपाल राष्ट्र बैंक तथा कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालयमा मर्जरको क्रममा गर्नु पर्ने प्रबन्धपत्र/नियमावलीमा गरिने संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्न गराउनका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

३) नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृत पश्चात खप्तड लघुवित्त वित्तीय संस्था लि. को शेयर, पूंजी, र सम्पूर्ण सम्पत्ति दायित्व एकृकित गरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत गरी संचालन गर्ने सम्वन्धमा |

४) बैंक तथावित्तीय संस्था सम्वन्धी ऐन २०७३ को दफा ३४ तथादफा ४९ को उपदफा ४ बमोजिम बैंक तथा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकमा इजाजतपत्र लिनको लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

५) समितिहरुको सुविधा संशोधन सम्वन्धमा ।

६ ) धौलागिरी लघुबित्त बित्तीय संस्था लि. र खप्तड लघुबित्त बित्तीय संस्था लि. बीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर पश्चात बन्ने तदर्थ समितिमा सर्बसाधारणको तर्फबाट एक जना सञ्चालक पठाउने समझदारी भए अनुरुप उक्त तदर्थ समितिमा सर्बसाधारणको तर्फ प्रतिनिधित्वको लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved