कालिका लघुवित्तको साधारण सभा सम्पन्न, नित्यानन्द संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 08:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 कालिका लघुवित्त वित्तीय संस्था लि.को १३ औं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ   संस्थाको संचालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न  सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०७८।०७९ को १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर पारित गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ ।   उक्त साधारणसभामा संस्थाको संचालक समितिमा रिक्त रहेको संस्थापक समूहको संचालकमा स्याङ्गजा वालिङ्ग निवासी संस्थापक शेयर सदस्य   नित्यानन्द तिवारी निर्विरोध निर्वाचित  भएको संस्थाका सिइओ केशब प्रधानले जानकारी दिए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved