सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई बिक्री आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 08:22:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स क्यापिटलले आज वैसाख ६ गतेबाट सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिकी खुला गरेको छ । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा  छिटोमा बैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा बैशाख २० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

हाल क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved