मेन्छियाम हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 07:18:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ  । कम्पनीले वैशाख ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो

कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर निष्काशन गर्न गरेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved