माबिलुङ्गग इनर्जीले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 04:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

माबिलुङ्गग इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा  लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन्।  

कम्पनीले १०० रुपैयाँ अंकित दरका  १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजार ५ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो। माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ  । कम्पनीका अनुसार आयोजनाको ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved