आन्दोलनको तयारीमा शेयर लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 08:18:13 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

बजेटमा आएका कर सम्बन्धि व्यवस्थालाई लिएर केहि शेयर लगानीकर्ता आन्दोलन घोषणा गर्ने तयारीमा जुटेका छन् । उनीहरुले आज बिहिबार १० बजे कमलपोखरी स्थित अग्रवाल भवन अगाडी आन्दोलनको कार्यक्रम घोषणा गर्नको लागि छलफल गर्ने भएका छन् ।

त्यसो त आन्तरिक राजस्व विभागले द्विविधा देखिएको करको प्रावधानबारे हिजो बुधबार नै प्रष्ट पारिसकेको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई थप प्रष्ट पार्दै नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जनाएको छ। विभागका अनुसार त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन  गरिएको छैन।

विभागको सूचनामा भनिएको छ 'नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।'

तर आन्दोलनको तयारीको लागि नेतृत्व गरिरहेका लगानीकर्ता तिलक कोइरालाले विभागको विज्ञप्ति भ्रामक भन्दै अहिले आन्दोलन नगरे पछि धोका पाइने भन्दै आन्दोलनको तयारीको लागि आयोजना गरिएको छलफलमा सहभागी हुन आग्रह गरेका छन् । उनले शेयर कारोबार स्वस्फुर्त रुपमा बन्द गर्न पनि आग्रह गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved