टिएमएस बन्दको माग बोकेर लगानीकर्ता नेप्सेमा, नेप्सेका कर्मचारी मन्त्रालयमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 12:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बन्द गराउन माग गर्दै नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताको तर्फबाट तिलक कोइरालाले नेप्सेका प्रबन्धक निरन्जन फुयाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउदै तिलक कोइरालाले कर विवाद समाधान नहुँदा सम्म टिएमएस बन्द गर्न माग गरेका छन् । शेयरलगानीकर्ताको हकमा पुंजीगत लाभकर नै अन्तिम हुनु पर्ने, र  लगानीकर्तालाई पटके र नियमित भनेर वर्गीकरण गर्न नहुने माग गरेका छन् ।  

जवाफमा प्रबन्धक फुयालले करमा कुनै पनि किसिमको द्विविधा हुनु हुदैन भन्ने पक्षमा नै आफु रहेकोले लगानीकर्ताको मागमा आफ्नो नैतिक समर्थन रहेको बताए । उनले टिएमएस बन्द गर्न नसकिने प्रष्ट पारे।

त्यस्तै नेप्सेको ज्ञापनपत्र बुझेका नेप्सेका प्रबन्धक निरन्जन फुयाल सेयर लगानीकर्ताले उठाएका माग सम्बोधनको प्रस्ताव बोकेर अर्थमन्त्रालय पुगेका छन्। 

लगानीकर्ताले धितोपत्र बोर्ड र ब्रोकर संघलाई पनि सोहि ज्ञापन पत्र बुझाएका छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved