समाधान खोज्न धितोपत्र बोर्ड अध्यक्ष हमाल अर्थ मन्त्रालयमा, लगानीकर्तालाई संयमता अपनाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 10:24:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आन्दोलनरत लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेका छ। बोर्डका अध्यक्ष रमेश हमालले आर्थिक वर्ष २०८०/८१  को आर्थिक विधेयकमा उल्लेख व्यवस्थाको वार्ता मार्फत नै समाधान खोज्नुपर्ने भन्दै आन्दोलनरत लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेका हुन्। 

"आर्थिक विधेयक २०८० मा भएको व्यवस्थाबारे स्पष्ट भईसकेको छ, सरकारको आधिकारिक निकाय आन्तरिक राजश्व विभागले पनि सूचना निकालेर नै स्पष्ट पारी सकेको छ" बोर्ड अध्यक्ष रमेश हमालले भने, "अहिले पनि समस्या भाषागत स्पष्टताको हो, त्यसैले आन्दोलन गरेर होइन वार्ता मार्फत नै यसको निकास दिन सकिन्छ र दिनुपर्छ।"

आज पनि अर्थमन्त्रालयमा छलफल तथा वार्ताको कार्यक्रम रहेको बताउदै अध्यक्ष हमालले आन्दोलरत लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेका छन्। छलफलबाट नै निकास निस्किने उनको दाबी छ। 

तिलक कोइरालाको नेतृत्वमा आन्दोलन गरिरहेको शेयर लगानीकर्ताको समुहले आइतबार बिहानै देखि ब्रोकर हाउसमा तालाबन्दी गर्न थालेको छ ।  कार्यालय समय पनि सुरु नहुँदै उनीहरुले विभिन्न ब्रोकर हाउसमा आफ्नो आन्दोलनको पम्प्लेट टास्दै ब्रोकर हाउसहरुमा बाहिर बाट नै ताल्चा लगाएका छन् । 

उनीहरुले ब्रोकर कार्यालयमा 'टिएमएस बन्द कार्यकम जारी छ, खोल्ने प्रयास भएमा सम्बन्धित पक्षले हुने हानी बेहोर्नु पर्ने छ' लेखिएको पर्चा टासेका छन् ।  उनीहरुले टिएमएस बन्द गराउन तथा ताल्चा लगाउन टोली नै परिचालन गरेका गरेका छन्  । 

यता सेयर ब्रोकरहरुले पनि आन्दोलनरत लगानीकर्ताको धम्कि र चेतावनी आएकाले निर्वाध रुपमा सेयर कारोबार गर्न नसकिने प्रतिकृया दिएका छन्। अनलाइन प्रणाली भएकाले टिएमएस सुचारु भएपनि सेटलमेन्ट लगायत का काम संचालन हुन नसक्ने प्रतिकृया दिएका छन्। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले आफु आफ्नो ब्रोकर कार्यालय जान लागेको प्रतिकृया दिएका छन्।  ९९ प्रतिशत कारोबार अनलाइनबाट हुने भएकोले कारोबार नरोकिने र डिएनए लगइनको लागि मल्टिपल अप्सन रहेकोले जहाँ बाट पनि डिएनए लगइन गरेर कारोबार गर्न सकिने उनले बताए । अनलाइन मार्फत हुने कारोबार नरोकिने भएपनि कार्यालयबाट नै प्रवाह हुने अन्य सेवाहरु प्रभावित हुने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved