नेपाल एसबिआई बैंकको ऋणपत्र आजदेखि बिक्रीमा, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 09:52:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले आज साउन १८ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

२० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र बाँकि ८ लाख कित्ता अर्थात् ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्रि गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये ४० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।  ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा साउन २२ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ८ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  ।

१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ प्रतिशत ब्याज प्रदान गर्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved