अपर लोहोरे हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 08:18:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर लोहोरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको छ ।कम्पनीले  साउन १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो 

कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  

 कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। स्थानीयले माग गरेजति शेयर पाएका छन् । उनीहरुले खरिद नगरेको शेयर पनि थपेर सर्वसाधारणलाई निष्काशन गर्न लागिएको हो । 

 कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६८ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved