सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, पाए ५० कित्तासम्म शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 12:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार शेयर बाँडफाँड गरेको हो 

सन नेपाल लाइफले साउन १ देखि साउन १५ सम्म  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। 

बिक्री प्रबन्धकका अनुसार यस निष्काशनमा कुल २७ हजार ९ सय ५ जनाले आवेदन दिएकोमा ४ जनाको आवेदन रद्द भई क्य्ल २७ हजार ९ सय १ जना मात्र शेयर पाउन योग्य भएका छन् 

बाँडफाँड मोडल अनुसार १० देखि ४० कित्तासम्मको लागि आवेदन दिने ९ हजार ७४ जना आवेदकले माग गरे अनुसार नै शेयर पाएका छन् । त्यस्तै ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकले समान ४० कित्ता शेयर पाएका छन् । ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् 

आईपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओको नतिजा हेर्न तयार पारेकोको वेबसाइटबाट हेर्न सकिने छ। 

 श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरिएसंगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २४ करोड रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved