नेप्सेमा घोराही सिमेन्टको आईपीओ सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 12:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा घोराही सिमेन्टको आईपीओ सुचिकृत भएको छ । आज कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर सुचिकृत भएको हो 

नेप्सेमा शेयर सुचिकृत भएपछि अब लगानीकर्ताले आइतबारबाट यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । आइतबार नेप्सेको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि २२६.६१ रुपैयाँ देखि ६७९.८३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।  कम्पनीको GCIL सिम्बलबाट कारोबार हुने छ 

कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपीओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।  

  आईपीओमा कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका थिए । आवेदन दिएका सबै आवेदकले शेयर पाएका थिए। आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका थिए । 

शेयर बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved