माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2023 | 10:09:26 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको आज भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

बिजपाटीके यस अघि बैंकले १५.२६ प्रतिशत लाभांश दिन सक्ने प्रक्षेपण गरेको थियो  । बिजपाटीले प्रक्षेपण गरेभन्दा बैंकले प्रस्ताव गरेको लाभांश १.२६ प्रतिशत बिन्दुले मात्र कम हो  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved