संचालनमा रहेका सबै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । यस संगै यी बैंकले प्रदान गर्न सक्ने लाभांशबारे आँकलन सुरु भएको छ।
लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले विशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय विवरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ।
केहि पहुँचवाला ठूला लगानीकर्ताहरु सूचनाको पहुँचमा भएपनि अधिकांश सर्वसाधारण लगानीकर्ताहरु भने यो अवसरबाट बन्चित नै हुन्छन्। सर्वसाधारण लगानीकर्ताको आवश्यकतालाई महशुस गर्दै बिजपाटी डटकमले विगतमा झैँ यस पटक पनि नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण तथा लाभांश क्षमता प्रक्षेपण गरेको छ।
हामीले यहाँ २० वाणिज्य बैंकहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। हाम्रो विश्लेषण अनुसार एनआईसी एसिया बैंक,एभरेष्ट बैंक र सानिमा बैंकले सर्वाधिक लाभांश दिन सक्ने देखिएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र सिटिजन्स बैंकले न्यून लाभांश दिन सक्ने देखिएको छ । हिमालयन बैंक, कुमारी बैंक, प्राइम बैंक र प्रभु बैंक भने लाभांश वितरण गर्न सक्ने स्थितिमा छैनन् ।
हेर्नुस् २० वाणिज्य बैंकको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण :
नोट: बैंकहरुको गत आर्थिक बर्षको कमाई, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, उनीहरुको ब्यापार बिस्तार योजना, अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति तथा मर्ज गर्दा स्वापबाट प्राप्त आम्दानी, मेच्युर भएको ऋणपत्रको विवरणलाई आधार मानेर बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांश प्रक्षेपण गरिएको हो। लेखापरीक्षण र नियामकीय निर्देशन/स्वीकृति पछि मात्र बैंकहरुले लाभांश वितरण गर्ने भएकोले यहाँ प्रक्षेपण गरिएको लाभांश र बैंकले वितरण गर्ने लाभांशमा केहि तलमाथि हुन सक्नेछ। लगानीको निर्णय गर्दा लगानीमा हुने जोखिम बुझेर मात्र लगानीको निर्णय लिन अनुरोध छ ।
प्रस्तुत रिपोर्ट सम्बन्धि तपाईसंग कुनै सुझाव या जानकारी छ भने [email protected] मा इमेल गर्नु सक्नुहुनेछ।