एनआईसी एशियाको खुलामुखी म्युचुअल फण्डद्वारा लाभांश वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 08:26:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। एनआईसी एशिया बैंक कोष प्रवर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो।

फण्डले आर्थिक वर्ष २०७९/०८० को लागि योजनाको इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले योजनाको प्रतिफल/लाभांश वितरण गरेको हो ।  डिम्याट खातामा बैंक / वित्तीय संस्थाको खाता नं. अध्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश सम्बन्धित इकाईधनीहरुको बैंक खातामा भदौ १७ देखि जम्मा गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ।

योजनाको लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मा सहभागि हुन यस अघि नै आवेदन दिने सम्पूर्ण इकाईधनीहरुलाई सो योजना अर्न्तगत प्राप्त थप इकाईहरु सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा निकट भविष्यमा जम्मा गरिने क्यापिटलले प्रष्ट पारेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved