सानिमा बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 06:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज भदौ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको यो लाभांश बिजपाटीले प्रक्षेपण गरेको भन्दा १.०८ प्रतिशत मात्र कम हो 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

यस संगै सानिमा आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्नेतेस्रो  वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे र एभरेष्ट  बैंकले यस अघि नै लाभांश प्रस्ताव गरिसकेका छन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved