एनआईसी एशिया बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 09:24:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद गरि कुल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंक स्रोतले जनाएको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश बिजपाटीले प्रक्षेपण गरेको भन्दा १ प्रतिशत बिन्दु मात्र कम हो  

दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको एनआईसीले यस पटक ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

यस संगै एनआईसी  आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने चौथो  वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे, एभरेष्ट, र सानिमा  बैंकले यस अघि नै लाभांश प्रस्ताव गरिसकेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved