एनआईसी एशिया बैंकले ३ अर्ब ७० करोडको लाभांश वितरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 11:00:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ३ अर्ब ७० करोड बराबरको लाभांश वितरण गर्ने भएको छ। बैंकको भदौ २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

बैंकले कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ  । त्यस्तै कर प्रयोजनको लागि १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ बराबरको नगद वितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले कुल ३ अर्ब ७० करोड ६५ लाख ६८ हजार ३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । बैंकले प्रस्ताव गरेको यो लाभांश बिजपाटीले प्रक्षेपण गरेको भन्दा १ प्रतिशत बिन्दु मात्र कम हो  

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रहेको छ  

दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको एनआईसीले यस पटक ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

यस संगै एनआईसी  आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने चौथो  वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे, एभरेष्ट, र सानिमा  बैंकले यस अघि नै लाभांश प्रस्ताव गरिसकेका छन्।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved